ग्लोबल


नयाँ रुसी क्षेप्यास्त्र प्रहारका विषयमा नेटो र युक्रेनबीच वार्ता

नयाँ रुसी क्षेप्यास्त्र प्रहारका विषयमा नेटो र युक्रेनबीच वार्ता

फाइल तस्बिर


नेपालखबर
मंसिर ११, २०८१ मंगलबार १४:४४, ब्रसेल्स (बेल्जियम)

युक्रेन र नेटोका ३२ सदस्य राष्ट्रका राजदूतहरूले गत हप्ता रुसले प्रयोगात्मक हाइपरसोनिक मध्यवर्ती दूरीको क्षेप्यास्त्र प्रहार गरेको विषयमा  मङ्गलबार ब्रसेल्समा भेटवार्ता गरेका छन्।

रुसले बिहीबार युक्रेनी सहर डिनिप्रोमा आक्रमण गरेको थियो, जसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो नयाँ ओरेसनिक मिसाइलको परीक्षण भएको बताएका थिए।  

क्रेमलिनका नेताले युक्रेनलाई रुसविरुद्ध आफ्नो हतियार प्रयोग गर्न दिने देशहरूमा सैन्य सुविधाहरूमा आक्रमण गर्न मस्कोलाई ‘अधिकार’ प्राप्त भएको भएको चेतावनी दिएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणलाई रुसको मूर्खता भन्दै पछिल्लो लडाइँ  र नयाँ खतरा सामना गर्न अद्यावधिक हवाई रक्षा प्रणालीका लागि अपिल गरेका छन्। 

नेटो-युक्रेन काउन्सिलको बैठकपछि किभले ‘ठोस र अर्थपूर्ण परिणामहरू’ प्राप्त गर्ने आशा गरेको छ। यद्यपि नेटोका कूटनीतिज्ञ र अधिकारीहरूले मङ्गलबारको परामर्शबाट कुनै नतिजाको  खुलासा गरेका छैनन्।

मस्कोको नयाँ हतियारको तैनाथीले ‘नेटोका सहयोगीलाई युक्रेनलाई समर्थन गर्नबाट नरोक्ने’ वार्ताका सहभागीहरुले जनाएका छन् । 
 
बैठकले ’युक्रेनको हालको सुरक्षा अवस्थाबारे छलफल गरी भिडिओ लिङ्कमार्फत युक्रेनी अधिकारीहरूबाट ब्रिफिङ समावेश गर्ने नेटोका एक अधिकारीले बताएका छन्।  

मुख्य नेटो शक्ति संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पश्चिमी समर्थनको भविष्यबारे प्रश्न उठिरहेको समयमा युक्रेनलाई तनाव बढेको छ।

ट्रम्पले किएभका लागि वासिङ्टनको  सैन्य सहायता कायम राख्नमा शङ्का व्यक्त गर्दै युद्ध अन्त्य गर्न द्रुत सम्झौताको वाचा गरेका छन्।  

नेटोका वरिष्ठ कमान्डर रोब बाउरले भने, ‘म कल्पना गर्न सक्दिनँ कि पुटिनलाई विजेताका रूपमा ती सम्भावित वार्ताबाट बाहिर निस्कन अनुमति दिनु अमेरिकाको हितमा छ।’

युद्ध मैदानमा युक्रेनका थकित सैनिकहरू देशको पूर्वमा रुसी सेनाको प्रगति रोक्न सङ्घर्ष गरिरहेका छन्।

नेटो र युक्रेनले सन् २०२३ मा संयुक्त परिषद्को स्थापना गरी किएभलाई उपयुक्त देखिएमा गठबन्धनसँग बैठक बोलाउन अनुमति दिएका थिए। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad