ग्लोबल


भारतको अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु, ३७ जना घाइते

भारतको अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु, ३७ जना घाइते

नेपालखबर
मंसिर १, २०८१ शनिबार ८:४३, काठमाडौँ

भारतीय राज्य उत्तरप्रदेशको झाँसीस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जना नवजात शिशुको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेज, बालरोग विभागको एसएनसीयू वार्डमा शुक्रबार राति भीषण आगलागी भएको हो। 

जसमा परी १० शिशुको मृत्यु भएको हो। साथै ३७ शिशु घाइते भएका छन्। 

आगलागीको कारण विद्युत् सर्ट भनिएको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले झाँसी प्रहरीलाई घटनाको अनुसन्धान गरी १२ घन्टाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad