दिल्लीको नयाँ मेयरमा आम आदमी पार्टीका महेश खिची निर्वाचित भएका छन्। यो जित अर्को वर्ष हुन लागेको विधानसभा चुनावअघि पार्टीका लागि महत्त्वपूर्ण मानिएको छ।
दलित समुदायका महेश खिचीले भाजपाका कृष्णलाललाई मात्र तीन मतले पराजित गरेका हुन्।
महेश खिचीले १३३ मत पाए भने लालले १३० मत पाए। दुई मत बदर भए।
समाचार एजेन्सी पीटीआईका अनुसार दिल्लीका आठ कांग्रेस काउन्सिलरले मतदानमा भाग लिएनन्।
उपमेयरको निर्वाचनको मतगणना जारी छ।
498
Shares

प्रतिक्रिया