राजनीति


सभापति देउवाद्वारा पुइलेक विमानस्थलको निरीक्षण

सभापति देउवाद्वारा पुइलेक विमानस्थलको निरीक्षण

नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार २१:५३, डडेल्धुरा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुइलेक विमानस्थलको निरीक्षण गरेका छन्। प्रस्तावित पुइलेक विमानस्थल अजयमेरु गाउँपालिका–१ पुइलेक डाँडाको आज निरीक्षण गरेका हुन्।

सभापति देउवाले निरीक्षणपछि हवाई मैदानको सम्भाव्यता अध्ययन गरेर विमानस्थल निर्माण गरिने बताए। विसं २०७६ मा विमानस्थल निर्माणका लागि उक्त स्थान छनोट गरिएको थियो।

नागरिक उड्डयन प्राधिकरणको टोलीले स्थलगत अध्ययनका आधारमा साविक समैजी गाविसको पुइलेकदेखि बयलडाँडासम्मको क्षेत्र उपयुक्त हुने बताइएको छ। त्यसपछि विमानस्थल निर्माणका लागि सर्वेक्षण भएको थियो।

डोटी, दार्चुला, बैतडी, बझाङको केन्द्रविन्दु भएकै कारण डडेल्लधुरामा विमानस्थल सञ्चालनमा आए सुदूरपश्चिमको दुर्गमका बासिन्दाले यातायातमा राहत पाउने छन्।

सभापति देउवाद्वारा नयाँ अनलाइन समाचार सुरुआत
सभापति देउवाले अनलाइन समाचार पोर्टल ‘सञ्चारलेन्स डटकम’ को उद्घाटन गरेका छन्।

आज यहाँ आयोजित सभापति देउवाले सो अनलाइन पोर्टलमा समाचार पोष्ट गर्दै सो अनलाइन सेवा सुरुआत गरेका हुन्। सो अवसरमा उनले डडेल्धुराबाट अनलाइन समाचार सेवा सञ्चालन भएकोमा सञ्चालक एवं पत्रकारलाई बधाई तथा शुभकामना दिए।

लिपुलेक मिडिया एण्ड टेक्नोलोजी प्रालिले उक्त न्यूज पोर्टल सञ्चालनमा ल्याएको हो। यसको सम्पादक धनबहादुर भण्डारी हुन्। उनी डेढ दशकदेखि डडेल्धुराबाट पत्रकारिता क्षेत्रमा आबद्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad