ग्लोबल


रुबियोलाई विदेशमन्त्री बनाउने ट्रम्पको तयारी

रुबियोलाई विदेशमन्त्री बनाउने ट्रम्पको तयारी

डोनाल्ड ट्रम्पसँग मार्को रुबियो।


नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार १३:४०, वासिङ्टन

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई विदेशमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्। 

नाम उल्लेख नगरीकन विभिन्न तीन जनालाई उद्धृत गर्दै समाचारमा भनिएको छ- आफ्नो उपराष्ट्रपति पदको उम्मेदवारका रूपमा चयन गरेका रुबियोलाई ट्रम्पले विदेशमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा प्रस्तुत गर्नुभएको छ। यो निर्णय अन्तिम होइन।

जर्मनीका लागि पूर्वराजदूत रिक ग्रेनेलसँगै रुबियोलाई अमेरिकी कूटनीतिको नेतृत्व गर्ने अग्रपङ्क्तिका व्यक्तिका रूपमा गत हप्तादेखि चर्चा गरिएको छ।

रुबियोले गत साता सीएनएनसँग भनेका थिए- म जहिले पनि यो देशको सेवा गर्न इच्छुक छु।

क्युबाको विरासत बोकेका कट्टरपन्थी सांसदको मनोनयनले ट्रम्पसँगको सम्बन्धमा उल्लेखनीय परिवर्तन ल्याउनेछ।

सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिपदका लागि उम्मेदवारी दिने क्रममा रुबियोले ट्रम्पलाई ‘ठग कलाकार’ र ’अहिलेसम्मकै सबैभन्दा अश्लील व्यक्ति’ भनेका थिए। 

मियामीमा क्युबाली आप्रवासीको कोखबाट जन्मिएका उनले सन् १९९३ मा फ्लोरिडा विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गरेका छन्। 

सन् २०१० मा बाराक ओबामा राष्ट्रपतिमा निर्वाचित भएपछि रिपब्लिकनहरूको अति दक्षिणपन्थी दल टी पार्टीले उनको चुनावी अभियानलाई बढावा दिँँदा उनी अमेरिकी सिनेटमा निर्वाचित भएका थिए। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad