बबी देओल र सूर्याको मुख्य भूमिका रहेको भारतीय फिल्म ‘कंगुवा’ नेपालमा रिलिज नहुने भएको छ। नेपाली वितरकले यो फिल्म नल्याएपछि यो फिल्म नेपाली हलमा नलाग्ने भएको हो। यसबारे वितरक कम्पनी ए-एट्ले हललाई सन्देश पठाइसकेको छ।
यसअघि ‘कंगुवा’ ए–एट्सहित डीसीएन र आरआर फिल्म्सले मिलेर ल्याउन लागेका थिए। तर, घरेलु बक्सअफिसमा नेपाली फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले आक्रामक व्यापार गरिरहँदा वितरकले शो नपाउने डरले फिल्म नलिएको देखिन्छ।
विजय बराल अभिनित ‘पूर्णबहादुरको सारंगी’ ले देशभरका ४५० बढी शोमा प्रदर्शन भइरहेको छ। यस फिल्मसँगै ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३’ पनि रिलिज भएका थिए। तर, यी दुबै विदेशी फिल्मको व्यापार उत्साहजनक छैन। लगानी उठाउन मुस्किल परिरहेको बेलामा वितरकले नयाँ विदेशी फिल्म ल्याएर जोखिम नउठाउन खोजेको देखिन्छ।
‘कंगुवा’ को रिलिज रोकिदा नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ लाई फाइदा पुग्नेछ। किनकी यो फिल्म कार्तिक ३० गते शुक्रबारबाट रिलिज हुँदैछ।
Shares

प्रतिक्रिया