ग्लोबल


इजरायल र हमासबीचको मध्यस्थताबाट किन पछि हट्यो कतार?

इजरायल र हमासबीचको मध्यस्थताबाट किन पछि हट्यो कतार?

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १८:२१,

कतारले इजरायल र हमासबीच गर्दै आएको मध्यस्थताको कार्य रोकेको छ। कतारले युद्धविराम र बन्धक मुक्तिका लागि प्रयास गरिरहेको थियो।

हमास र इजरायलले वार्ताका लागि इच्छा देखाए मध्यस्थता पुनः सुरु गर्ने कतारको भनाइ छ।

अमेरिकी अधिकारीहरूले कतारमा हमासको उपस्थिति स्वीकार्य नहुने बताएपछि सो मुलुकले यस्तो कदम चालेको बताइएको छ।

‘कतारले दुवै पक्षलाई १० दिनअघि नै अन्तिमपटक सहमतिमा पुग्ने कोसिस गर्दा सूचना दिइसकेको छ। त्यो चरणमा सहमति नभए कतारले हमास र इजरायलबीचको मध्यस्थता रोक्ने छ भनेर,’ कतारी विदेश मन्त्रालयले भनेको छ, ‘जब दुवै पक्षले यो भयानक युद्ध अन्त्य गर्ने इच्छा र गम्भीरता देखाउँछन्, तब कतारले ती प्रयास फेरि सुरु गर्नेछ।’

हमासले २०१२ देखि नै कतारमा कार्यालय राख्दै आएको छ। ओबामा प्रशासनको आग्रहमा कतारले कार्यालय खोल्न दिएको थियो।

शनिबार सञ्चारमाध्यमहरूले अमेरिकाको दबाबमा कतारले हमास नेताहरूलाई देश छाड्न आदेश दिएको समाचार प्रकाशन गरेका थिए। तर, कतारी विदेश मन्त्रालयले ती समाचार असत्य भएको बताएको छ।

पछिल्लो समय इजरायली नेताहरूले कतारको हमासका नेतालाई बस्न दिएको भन्दै चर्को आलोचना गर्दै आएका छन्। कतिपय अमेरिकी सांसदहरूले पनि कतारको आलोचना गर्ने गरेका छन्। 

त्यस्तै, वार्तामा बस्ने हमासको अनिच्छाका कारण पनि कतार निराश भएको बताइन्छ।

कतारले सानो आकारको बाबजुद द्वन्द्वग्रस्त क्षेत्रहरूमा मध्यस्थता गरेर विश्व राजनीतिमा ठूलो प्रभाव राख्दै आएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad