डोनाल्ड ट्रम्पले चुनाव जितेपछि चीनले प्रतिक्रिया दिएको छ। उसले अमेरिकासँग शान्तिपूर्ण सहअस्तित्व चाहेको बताएको छ।
‘चीनको अमेरिका नीति स्थिर र स्पष्ट छ। हामी अमेरिकासँगको सम्बन्धलाई आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवैलाई फाइदा हुने सहकार्य अन्तर्गत अघि बढाउन चाहन्छौँ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनिन्।
चीनले यो चुनावलाई अमेरिकाको आन्तरिक मामिला भन्दै तटस्थ रुपमा लिने गरेको थियो।
उसो त जुनसुकै उम्मेदवारले जिते पनि चीनसँगको सम्बन्ध सुध्रिने कुनै संकेत थिएन।
ट्रम्पले जित्दा चीनविरुद्ध थप आक्रामक रवैया अपनाउने र व्यापार युद्ध बढ्ने विश्लेषण गरिएको छ।
त्यस्तै, ह्यारिसले जितेको भए पनि बाइडेनले इन्डो प्यासिफिकमा कायम गरेको चीनविरोधी गठबन्धनलाई अघि बढाउने विश्लेषण गरिएको थियो। एजेन्सी
Shares

प्रतिक्रिया