खेल


महिला यू–१९ विश्वकप क्रिकेट छनोट : थाइल्यान्डलाई हराउँदै नेपालको विजयी सुरुवात

महिला यू–१९ विश्वकप क्रिकेट छनोट : थाइल्यान्डलाई हराउँदै नेपालको विजयी सुरुवात

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार १८:४५, काठमाडौँ

रचना चौधरीको घातक बलिङ र कप्तान पुजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले यूएईमा सुरु यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ।

बुधबार यूएईको अजमानमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गर्दै छनोटमा सानदार सुरुवात गरेको हो। 

नेपालले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११.४ ओभरमा ३५ रन बनाउँदा अलआउट भयो। 

थाइल्यान्डलाई सस्तैमा रोक्न रचना कुमारी चौधरी एक्लैले चार विकेट लिइन्। उनले ३ ओभरमा १२ रन खर्चेर मात्र १० रन दिइन्। कप्तान पुजा महतो र रिया शर्माले समान २ विकेट लिए। 

कृष्मा गुरुङर मनिषा कुमारी उपाध्यायले समान एक विकेट आफ्नो नाममा गरे। 

थाइल्यान्डका लागि अप्हीसरा सुवान्चोन्रथीले बनाएको १३ रन नै सर्वाधिक रह्यो। नाथ्रिका थोकाई र चनोक्नानले समान ६ रन बनाए। चार ब्याटर शून्य रनमा पेभेलियन फर्के। 

त्यसअघि थाइल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओरभमा ६ विकेटको क्षतिमा १ सय २ रनको योगफल तयार पारेको गियो। 

कप्तान पुजा महतोले सर्वाधिक ३५ रनको योगदान दिईन्। उनले ४० बलमा ३ चौका र १ छक्का प्रहार गरिन्। 

सोनी पाख्रिन र सिमा केसीले समान १९ रन थपे। सावित्री धामी र अलिसा कुमारी यादवले समान ७ रन बनाए। सना प्रविन ५ तथा ज्योत्सिना मरासिनी ४ रनमा पेभेलियन फर्के। 

छनोटको दोस्रो खेलमा नेपालले बिहिबार कुवेतसँग खेल्नेछ। २४ गते युएई र २५ गते पुनः थाइल्यान्डसँग खेल्नेछ। 

चार टोली सहभागी छनोटमा हरेक टोलीले ६ खेल खेल्नेछन्। डबल लिग फम्र्याटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू१९ विश्वकपमा स्थान बनाउनेछन्।

यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ। 

एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्टे«लिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डी मा स्थान बनाउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad