तीन चुनावमा दोस्रोपटक राष्ट्रपतिका लागि लडिरहेकी महिला उम्मेदवारविरुद्ध अमेरिकी जनताले मत दिएका छन्। दुवैपटक महिला उम्मेदवारको सट्टामा डोनाल्ड ट्रम्प उनीहरुको रोजाइमा परेका छन्।
२०१६ मा हिलारी क्लिन्टनले आफूले जिते महिलाहरुका लागि बाटो खुल्ने कुरामा जोड दिएकी थिइन्। तर, यसपालि ह्यारिसले त्यसप्रति ज्यादा जोड दिइनन्।
तर, यी दुवै रणनीति असफल भए।
समग्रमा ह्यारिसलाई महिलाहरुको समर्थन ज्यादा भयो। तर, गोरा महिलाहरुले ट्रम्पलाई नै समर्थन गरे।
एक्जिट पोलका अनुसार ५४ प्रतिशत महिलाले ह्यारिसलाई मत हाले। अश्वेत महिलामध्ये २६ प्रतिशतले मात्र ट्रम्पलाई मत दिए। तर, गोरा महिलामध्ये ५२ प्रतिशतको मत उनले पाए।
गर्भपतनको अधिकारलाई भने ह्यारिसको प्रमुख चुनावी मुद्दा बनाइएको थियो। तैपनि ह्यारिसले ज्यादा मत पाउन सकिनन्।
यद्यपि, ह्वाइट हाउस र संसद् हारे पनि कयौँ राज्यमा गर्भपतनको अधिकार सुरक्षित गर्ने विषय अनुमोदन भएको छ।
मोन्टानासहित ७ राज्यमा सो अधिकारलाई राज्यको विधानमा समेट्ने प्रावधान स्वीकृत भएको छ।
तर, फ्लोरिडा, नेब्रास्का र साथ डकोटामा भने मतदाताले त्यस्तो प्रावधानलाई अस्वीकार गरिदिएका छन्। एजेन्सी
Shares

प्रतिक्रिया