ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पञ्चेश्वर जलविद्युत आयोजना चाँडै अगाडि बढ्ने बताएका छ।
बुधबार तीन दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता भएका ऊर्जामन्त्री खड्काले भारत सरकारसँग पञ्चेश्वर जलविद्युत आयोजना चाँडै अगाडि बढाउने विषयमा सहमति भएको जानकारी गराए।
नेपाल र भारतबीचमा आयोजना अगाडि बढाउने विषयमा रहेका असहमतिलाई एक आपसमा समन्वय गरी तत्काल अगाडि बढाउने विषयमा दुई देशबीच सहमति भएको उनले उल्लेख गरे।
उनले भारतले पञ्चेश्वर लगायतका अन्य अरुण तेस्रो तथा तटबन्ध देखि सिंचाई र ऊर्जाको क्षेत्रमा आवश्यकताअनुसार अझ बढी सहयोग गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए।
‘भारत भ्रमणमा भारत सरकारसँग दुई पक्षिय हितका विषयमा छलफल भयो। नेपालका अड्किएका अधुरा आयोजनाहरुलाई अगाडि बढाउने विषयमा कुरा भयो। पञ्चेश्वर लगायतका अन्य अरुण तेस्रो तथा तटबन्ध देखि सिंचाई र ऊर्जाको क्षेत्रमा भारतले गर्दै आएको सहयोगलाई आवश्यकता अनुसार अझ बढी सहयोग गर्ने प्रतिवद्धता जनाएको छ,’ मन्त्री खड्काले भने।
भारतले नेपालको विषयमा धेरै चासो र चिन्ता लिएको पाएको बताउँदै मन्त्री खड्काले तीन दिने भारत भ्रम्रण उपलब्धिमुलुक भएको जानकारी दिए।
नेपाल सरकारले २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई कसरी परिपूर्ति गर्ने भनेर भारतका ठूला व्यवसायी र संस्थाहरुसँग छलफल समेत भएको पनि बताए।
‘भारतले नेपालको विषयमा असाध्यै चासो र चिन्ता लिएको पाइयो। तीन दिने भारत भ्रम्रण उपलब्धिमुलुक भयो। नेपाल सरकारले २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने जुन लक्ष्य लिएका छौँ। त्यो लक्ष्यलाई कसरी परिपूर्ति गर्ने भनेर भारतका ठूला व्यवसायी र संस्थाहरूसँग छलफल भयो। जलविद्युतमा लगानी र काम गर्ने वातावरण बनाउन थप आवश्यकता छ भारतका मल्टिपल कम्पनीहरू नेपालको जलविद्युतका काम गर्न उत्साहित देखिएका छ,’ उनले भने।
Shares

प्रतिक्रिया