डोनाल्ड ट्रम्पले फ्लोरिडामा समर्थकमाझ विजय भाषण गरिरहँदा वासिङ्टनमा कमला ह्यारिसको कार्यक्रम आयोजनास्थलको स्थिति भने विपरीत थियो।
उनले होवार्ड युनिभर्सिटीमा भेला भएका समर्थकमाझ सम्बोधन गर्ने अपेक्षा गरिएको थियो। जसका लागि तामझामसहित ठूलो भीड एकत्रित भएको थियो।
तर, नतिजा सोचेअनुसार नआएपछि सो स्थान शून्य भएको छ। जम्मा भएकाहरू घर फर्केका छन्।
खाली कुर्सी र अलपत्र झण्डको दृश्य त्यहाँ देख्न सकिन्छ।
प्राविधिक रुपमा विजयमा झिनो बाटो बाँकी भए पनि ह्यारिसको हार निश्चितप्रायः देखिएको छ।
डोनाल्ड ट्रम्पले ब्याटलग्राउन्डमध्ये अब कुनै एक राज्य जिते उनको विजयले औपचारिकता पाउनेछ। एजेन्सी
501
Shares

प्रतिक्रिया