२७० इलेक्टोरल मत जित्नका लागि कमला ह्यारिसको विकल्प साँघुरिँदै गएको छ। हाल ह्यारिसले २१० इलेक्टोरल मत जितेकी छन् भने डोनाल्ड ट्रम्पले २३०।
निर्णायक मानिने सात राज्यमध्ये नर्थ क्यारोलाइनामा ट्रम्पले जितेका छन्। त्यस्तै उनले जर्जिया पनि जित्ने देखिन्छ।
त्यसैले चुनाव जित्नका लागि ह्यारिसले पेन्सिलभेनिया, मिसिगन र विस्कन्सि, तीनवटैमा जित हात पार्नुपर्ने हुन्छ।
तर, यी तीनै राज्यमा ह्यारिस पछाडि छिन्।
यसकारणले ह्यारिसको चिन्ता थपिएको हो।
वासिङ्टनस्थित होवार्ड युनिभर्सिटीमा भेला भएका ह्यारिसका समर्थकहरु घर जान थालेका छन्। उनीहरु चिन्तित देखिएका छन्। ह्यारिसले उनीहरुलाई सम्बोधन नगर्ने बताइएको छ।
अर्कोतिर पाम बिच, फ्लोरिडामा भेला भएका समर्थकलाई ट्रम्पले सम्बोधन गर्ने बताइएको छ। जहाँ उत्साहको माहोल छ। एजेन्सी
Shares

प्रतिक्रिया