ग्लोबल


नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङद्वारा ह्यारिसका पक्षमा ‘अर्ली भोट’

नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङद्वारा ह्यारिसका पक्षमा ‘अर्ली भोट’

टिम वाल्ज र कमला ह्यारिससँग प्रबल गुरुङ


नेपालखबर
कात्तिक १९, २०८१ सोमबार १४:१६, काठमाडौँ

नेपाली मूलका चर्चित अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङले अमेरिकामा मंगलबार (नोभेम्बर ५ तारिख) हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनकी एक उम्मेदवार कमला ह्यारिसका पक्षमा म ‘अर्ली भोट’ हालेका छन्। 

फेसन डिजाइनर गुरुङले इन्स्टाग्राममार्फत आफूले डेमोक्र्याट उम्मेदवार  ह्यारिसका पक्षमा भोट हालेको जानकारी दिएका हुन्। 

‘भोट’ लेखिएको टिसर्टसहित उनले लेखेका छन्, ‘मैले अर्ली भोट हालेँ। मैले कमला ह्यारिस र टिम वाल्जलाई भोट हालेँ। कृपया उनका लागि भोट हाल्नुहोस्।’

टिम वाल्ज ह्यारिस समूहबाट उपराष्ट्रपतिका उम्मेदवार हुन्। 

अमेरिकामा ‘अर्ली मतदान’को व्यवस्था भएकाले त्यहाँका नागरिकले केही साता अघिदेखि मतदान गरिरहेका छन्।

भोट हालेको भोलिपल्ट पश्चिमी राज्य नेभादामा आयोजित ह्यारिसको चुनावी सभामा सहभागी भएका उनले ह्यारिसको भाषणका भिडिओ पोस्ट गरेका छन्।

जसमा गुरुङले ह्यारिस अमेरिकाको नेता मात्र नभएर परिवर्तन र राम्रो भविष्यका लागि आशाको किरण रहेको भनी प्रशंसा गरेका छन्।

अमेरिकाको राष्ट्पतीय चुनावमा वर्तमान उपराष्ट्रपति कमलासँग रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad