ग्लोबल


बिहारका सांसद पप्पु यादवलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ

बिहारका सांसद पप्पु यादवलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ

फाइल तस्बिर: सांसद पप्पु यादव


नेपालखबर
कात्तिक १८, २०८१ आइतबार ६:०, काठमाडौँ

भारतीय राज्य बिहारका सांसद पप्पु यादवलाई धम्की दिएको आरोपमा पूर्णिया प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

पूर्णिया प्रहरीले आफ्नो एक्स अकाउन्टमा जारी गरेको विज्ञप्तिमा भनिएको छ- नयाँ दिल्ली निवासी महेश पाण्डेले सांसद पप्पु यादवलाई धम्की दिएका थिए। अभियुक्त महेश पाण्डेलाई नयाँदिल्ली प्रहरीले हिरासतमा लिएको छ। 

आरोपित महेशले आफ्नो अपराध स्वीकार गर्दै यसअघि आफूले पूर्व सांसद/विधायकसँग काम गरेको बताएको प्रहरीको भनाइ छ। 

प्रहरीका अनुसार अभियुक्त महेश पाण्डे केही दिनअघि यूएई गएका थिए, जहाँ उनले यूएईमा बस्ने भाउजुबाट सिम लिए। अनि भारत फर्किएपछि उनले सोही सिमबाट ह्वाट्सएप एकाउन्ट बनाए र प्रयोग गर्न थाले।

भारतीय सञ्चारमाध्यमका अनुसार यसबीच सांसद पप्पु यादवले बाबा सिद्दिकीको हत्याबारे आफ्नो बयान दिए। यो खबर सुनेर आरोपित महेशले गुगलबाट सांसद पप्पु यादवको नम्बर पत्ता लगाएर म्यासेज पठाए।

हालसम्म अभियुक्तको कुनै पनि आपराधिक गिरोहसँग सम्बन्ध खुल्न नसकेको प्रहरीले जनाएको छ।

अक्टोबर २८ मा पूर्णिया, बिहारका लोकसभा सांसद पप्पु यादवलाई ज्यान मार्ने धम्की आएको थियो, जुन लरेन्स बिश्नोई गिरोहबाट आएको भनिएको थियो।

पप्पु यादवले दिएको धम्कीको अडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad