समाज


सामान्य विवादमा साथीमाथि नै चक्कु प्रहार, एकको मृत्यु

सामान्य विवादमा साथीमाथि नै चक्कु प्रहार, एकको मृत्यु

नेपालखबर
कात्तिक १८, २०८१ आइतबार ६:१६, तनहुँ

तनहुँको व्यास नगरपालिका–१०, अधेरीभञ्ज्याङमा शनिबार साँझ चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेका जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ।  

प्रहरीले चक्कु प्रहार गरेको आरोपमा भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए। 

प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार, व्यास नगरपालिका–१० देखि ७ जोड्ने पराशर मार्गमा काम गर्ने दुई मजदुरबीच सामान्य विवाद हुँदा थापाले चक्कु प्रहार गरेका थिए। 

प्रहरी निरीक्षक पासवानले भने, ‘सामान्य विवाद हुँदा गालीगलौज भएपछि खाना बनाउने क्रममा तामाङमाथि चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

व्यासमा विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिको काम भइरहेको छ। उनीहरु सोही सडक मार्ग निर्माणमा संलग्न थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad