ग्लोबल


स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या २०० नाघ्यो

८ घण्टामै ४९१ मिलिमिटर वर्षा
स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या २०० नाघ्यो

स्पेनमा बाढीमा डुबेका कार


रासस/एएफपी
कात्तिक १६, २०८१ शुक्रबार २१:४७, पाइपोर्टा (स्पेन)

स्पेनमा बाढीका कारण मृत्यु हुनेहरूको सङ्ख्या शुक्रबार दुई सय पाँच पुगेको छ। सरकारले बाँच्नेहरूको खोजीका लागि थप सैनिक परिचालन गरेको छ। 

मङ्गलबारदेखि आएको बाढीले सवारीसाधन बगाउने, पुल भत्काउने र सहरलाई फोहरमा डुबाउने गर्दा स्पेनमा दशकौँदेखि सबैभन्दा ठूलो विनाश भएको छ।

सबैभन्दा धेरै प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा आपत्‌कालीन सेवा समन्वय गर्ने संस्थाले त्यस क्षेत्रमा मात्र दुई सय दुई जनाको मृत्यु पुष्टि गरेको छ। छिमेकी कास्टिला-ला मान्चा र अन्दालुसिया क्षेत्रका अधिकारीहरूले पहिले नै तीन जनाको मृत्युको घोषणा गरिसकेका छन्।

ड्रोन र कुकुरहरू सहित उद्धारकर्ताहरू पानीमा हिँडँदै र भग्नावशेषमा मलबामा खोजी गर्दै छन्। सरकारी अधिकारीहरूका अनुसार अझै धेरै व्यक्तिहरू बेपत्ता छन्।

सरकारले पहिले नै एक हजार दुई सय सैनिक परिचालन गरिसकेको अवस्थामा अर्को पाँच सय सैनिक थप गर्न लागेको छ।

बाढी सुरु भएको तीन दिनसम्म केही क्षेत्र खानेपानी, खाद्यान्न र बिजुलीबाट वञ्चित छन्। धेरै सडक र रेल मार्ग अझै पनि अवरुद्ध हुँदा मृतकको सङ्ख्या बढ्ने डर छ। 

चिभा सहरकी मेयर अम्पारो फोर्टले सार्वजनिक रेडियोलाई भनिन्, ‘औद्योगिक क्षेत्रमा अझै पनि गाडीहरूको थुप्रो छ। धेरै गाडी खाली होलान् तर केहीमा मानिसहरू छन् भन्नेमा हामी निश्चित छौँ।’

राष्ट्रिय मौसम सेवा एइमेटका अनुसार भ्यालेन्सिया सहर पश्चिमतर्फको चिभा सहरमा मङ्गलबार मात्र आठ घण्टामा चार सय ९१ मिलिमिटर वर्षा भयो। यो करिब एक वर्षको वर्षासँग बराबर हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad