इजरायलले शनिबार बिहान इरानमा गरेको हवाई हमलामा दुई इरानी सैनिकको मृत्यु भएको छ।
इरानको आधिकारिक मिडिया रिपोर्टका अनुसार इरानी सेनाले इजरायली हवाई आक्रमणमा आफ्ना दुई सैनिकको मृत्यु भएको जनाएको छ।
सेनालाई उद्धृत गर्दै इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले भन्यो- इस्लामिक गणतन्त्र इरानको सेनाले इरानको सुरक्षा र जनता र इरानको हितको रक्षा गरिरहेको छ। आपराधिक यहुदी शासनको हवाई हमलाको सामना गर्ने क्रममा हाम्रा दुई सैनिकले बलिदान दिएका छन्।
351
Shares

प्रतिक्रिया