ग्लोबल


इजरायलको आक्रमण रोकिएपछि इरानले खुलायो हवाई सेवा

इजरायलको आक्रमण रोकिएपछि इरानले खुलायो हवाई सेवा

फाइल तस्बिर


नेपालखबर
कात्तिक १०, २०८१ शनिबार १२:१२, काठमाडौँ

इजरायलको आक्रमण रोकिएपछि इरानले आफ्नो उडान सेवा पुनः सञ्चालन गरेको छ। 

इरानको नागरिक उड्डयन मन्त्रालयले स्थानीय समय बिहान ९ बजेदेखि सबै उडान सेवा सामान्य रूपमा सुरु गरिएको जानकारी दिएको हो।

यसअघि इजरायलले हवाई आक्रमण गरेपछि इरानले आफ्ना सबै हवाई सेवा बन्द गरेको थियो।

इजरायली सेनाले इरानका ‘सैन्य लक्ष्यमा सटिक आक्रमण’ गरेको बताएको थियो भने इरानले पनि यसको पुष्टि गरेको थियो।

इजरायली आक्रमणले इरानमा के कति क्षति भयो वा भएन भन्ने विषयमा अहिलेसम्म कुनै खबर प्राप्त भएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad