ग्लोबल


इरानले भन्यो- इजरायलले हाम्रा सैन्य अखडामा हवाई आक्रमण गर्‍यो

इरानले भन्यो- इजरायलले हाम्रा सैन्य अखडामा हवाई आक्रमण गर्‍यो

इजरायलले इरानमा हवाई आक्रमण गरेको छ, तेहरानको दृश्य।


नेपालखबर
कात्तिक १०, २०८१ शनिबार ११:४१, काठमाडौँ

इरानले इजरायलले आफ्ना सैन्य आधार शिविरमा आक्रमण गरेको बताएको छ।

यसअघि इजरायलले पनि इरानी सैन्य अड्डालाई निशाना बनाइएको बताएको थियो। 

इरानको वायुसेनाले राजधानी तेहरान, खुजेस्तान र इलाम प्रान्तमा रहेको सैन्य अखडामा आक्रमण गरिएको जनाएको छ।

इरानको वायुसेनाले पनि इजरायली हमलाको प्रतिकार गरेको तर केही स्थानमा भने क्षति पुगेको बताएको छ।

इजरायली सेनाले इरानको मिसाइल निर्माण स्थललाई निशाना बनाएको बताएको छ।

इजरायली सेनाले गुप्तचर सूचनाका आधारमा इरानमा हवाई हमला गरेको बताएको छ।

इजरायली विमानले इरानको क्षेप्यास्त्र निर्माण स्थलमा आक्रमण गरेका छन्। साथै सतहबाट हावामा मार हान्ने मिसाइल र अन्य इरानी सैन्य उपकरणलाई पनि यी आक्रमणमा निशाना बनाइएको थियो।

यसैबीच इजरायलले इरानविरुद्ध हवाई आक्रमण सुरु गरेपछि पश्चिमी सीमा जोडिएको इराकले आफ्ना सबै विमानस्थल बन्द गरेको छ।

उता अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले इरानमा इजरायलले गरेको हवाई हमलामा अमेरिका संलग्न नभएको स्पष्टीकरण दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad