ग्लोबल


इरानमा आक्रमण गर्ने इजरायली तयारीसम्बन्धी गुप्त दस्ताबेज पेन्टागनबाट चुहियो

छानबिन गर्दै अमेरिका
इरानमा आक्रमण गर्ने इजरायली तयारीसम्बन्धी गुप्त दस्ताबेज पेन्टागनबाट चुहियो

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार १६:७,

इजरायलले इरानमाथि गर्न लागेको आक्रमणसम्बन्धी अति गुप्त दस्ताबेज सार्वजनिक भएपछि अमेरिकाले त्यसको छानबिन सुरु गरेको छ। सीएनएनले स्रोतलाई उधृत गर्दै सो दस्ताबेजको आधिकारिकता पुष्टि गरेको छ।

‘यो चुहावट निकै चिन्ताजनक छ,’ ती अमेरिकी अधिकारीको भनाइ छ।

अक्टोबर १५ र १६ को मिति उल्लेख भएको सो दस्तावेज शुक्रबार टेलिग्रामबाट सार्वजनिक भएको थियो।

दस्ताबेजमा अति गोप्यको छाप लगाइएको छ। अर्थात्, त्यस्ता दस्ताबेज अमेरिका र फाइभ आइजका उसका अन्य सहयोगहीहरू अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड र बेलायतले मात्र हेर्न पाउँछन्।

दस्ताबेजमा इजरायलले इरानमाथि आक्रमणको तयारी गरिरहेको उल्लेख छ। एउटा दस्ताबेजमा इजरायलले हतियार ओसारिरहेको उल्लेख छ।

अर्को दस्ताबेजमा इजरायली सेनाले विमानबाट जमिनमा क्षेप्यास्त्र प्रहारको ढाँचा उल्लेख छ। 

अमेरिकी अधिकारीहरूले पेन्टागनमा ती दस्ताबेजमा ककसको पहुँच थियो भनेर छानबिन गरिरहेको बताएका छन्। यस्तो चुहावट भए एफबीआई, पेन्टागन र अमेरिकी गुप्तचर निकायहरूले छानबिन गर्ने गर्छन्।

अक्टोबर १ मा इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदला लिने प्रयासमा छ इजरायल। यो चुहावटले अमेरिकासँग इजरायल क्रुद्ध बन्ने देखिएको छ।

सार्वजनिक दस्तबेजले इजरायलसँग आणविक हतियार रहेको पनि सुझाउँछ। जुन कुरा इजरायलले सार्वजनिक रुपमा कहिल्यै स्वीकारेको वा नकारेको छैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad