ग्लोबल


इजरायलको आक्रमणमा परेर हमास प्रमुख मारिएको आशंका, डीएनए परीक्षण हुँदै

इजरायलको आक्रमणमा परेर हमास प्रमुख मारिएको आशंका, डीएनए परीक्षण हुँदै

हमास प्रमुख याह्या सिनवार


नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार ११:३५, काठमाडौँ

इजरायलको आक्रमणमा परेर हमास प्रमुख याह्या सिनवारसहित तीन नेता मारिएका आशंका गरिएको छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गाजामा भएको आफ्नो कारबाहीका क्रममा हमास प्रमुखसहित तीनजना मारिएको हुनसक्ने जनाएको छ। यसको पुष्टिको प्रयास भइरहेको आईडीएफले जनाएको छ। 

मारिने तीनजनामध्ये हमास प्रमुख याह्या सिनवार हुन्/होइनन् पुष्टि गर्न इजरायलले शवको डीएनए परीक्षण गरिरहेको छ।

सन् २०२३ अक्टोबर ७ देखि हमास समूहसँग इजरायली सेना लडिरहेको छ। यदि सिनवार मारिएको भए हमास समूहलाई ठूलो क्षति हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

सिनवार इजरायली इतिहासमा सबैभन्दा घातक आक्रमणको मुख्य योजनाकार भएको इजरायलको आरोप छ। यसअघि हमासका अर्का वरिष्ठ नेता इस्माइल हनियाको इरानमा निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad