संयुक्त राष्ट्र संघले इजरायली सेना दक्षिणी लेबनानमा शान्ति सैनिकको आधार क्षेत्रमा जबरजस्ती प्रवेश गरेको आरोप लगाएको छ।
जसका कारण लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बल र इजरायली सेनाबीच मुठभेडका घटना बढाएको राष्ट्र संघको दाबी छ।
युनिफिल अर्थात् संयुक्त राष्ट्र अन्तरिम बल लेबनानका अनुसार आइतबार इजरायली सेनाका ट्यांकले मुख्य गेट तोडेर पसी गोलाबारी गरेको थियो। जसको धुवाँले १५ जना शान्ति सैनिकलाई छालाको जलन र पेटसम्बन्धी समस्या भएको जनाइएको छ।
तर आईडीएफले घाइते सैनिकहरूलाई बाहिर निकाल्न युनिफिलको क्षेत्रमा प्रवेश गरेको दाबी गरेको छ।
बीबीसीका अनुसार इजरायलले युद्ध जारी रहेको दक्षिणी लेबनानका क्षेत्रबाट शान्ति सैनिकहरूलाई फिर्ता हुन बारम्बार आग्रह गरिरहेको छ। जसलाई युनिफिलले अस्वीकार गरिरहेको छ।
करिब ५० देशका झन्डै १०,००० यूएन शान्ति सैनिक लेबनानमा तैनाथ छन्, जसमा ८७६ नेपाली रहेको युनिफिलको वेबसाइटमा उल्लेख छ।
१९७८ देखि यी सैनिकहरूले लितानी नदी र "ब्लु लाइन" (नीलो रेखा) बीच गस्ती गरिरहेका छन्।
लेबनान र इजरायलबीच संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त सीमालाई ब्लू लाइन भनिन्छ।
Shares

प्रतिक्रिया