ग्लोबल


चीनले सैन्य शक्ति देखाएको हो कि ताइवानमा आक्रमण गर्ने योजना बनाइरहेको हो?

चीनले सैन्य शक्ति देखाएको हो कि ताइवानमा आक्रमण गर्ने योजना बनाइरहेको हो?

फ्रैंक गार्डनर
असोज २८, २०८१ सोमबार १३:४४, काठमाडौँ

चीनको जनमुक्ति सेनाको सैन्य अभ्यासको उद्देश्य ताइवानलाई दबाब दिनु हो।

बेइजिङले लामो समयअघि ताइवानलाई मूलभूमी चीनमा समाहित गर्ने र आवश्यक परे त्यसका लागि बल प्रयोगसमेत गर्ने बताएको थियो।

वास्तवमा सन् २०४९ मा चीनमा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको १०० वर्ष पूरा हुनेछ। चीनले यो शताब्दीअघि ताइवानलाई मूलभूमिमा समावेश गर्ने प्रयास गरिरहेको छ।

आदर्श रूपमा के सोचिएको छ भने ताइवान स्वेच्छाले बेइजिङमा आत्मसमर्पण गर्नेछ। तर ताइवानका जनता हङकङको जस्तो शासन चाहँदैनन्।

वास्तवमा बेइजिङको यो प्रतिक्रिया ताइवानलाई चीनको रणनीतिक श्रेष्ठता सम्झना गराउनका लागि हो।

हालै चीनले ताइवान आसपसका सबै क्षेत्रमा ठूलो मात्रामा सैन्य तैनाथ गरेको छ।

यसमा हाइपरसोनिक मिसाइल, विमानवाहक, आणविक हतियार र पाँचौँ पुस्ताका लडाकु विमान समावेश छन्।

पीएलए नौसेना अब संसारको सबैभन्दा ठूलो नौसेना भएको छ। अनि यो निरन्तर बढिरहेको छ।

ताइवानमा ठूलो मात्रामा आक्रमण चिनियाँ कम्युनिस्ट पार्टीका लागि अन्तिम उपाय हुनेछ। किनभने यसमा धेरै खर्च हुनेछ। र, यो कदमले जनशक्ति र अर्थतन्त्रका हिसाबले विश्व अर्थतन्त्रलाई नोक्सान पुर्‍याउनेछ। (बीबीसीको रिपोर्टमा आधारित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad