समाज


मनकामना केबलकार ३ दिन बन्द हुने

मनकामना केबलकार ३ दिन बन्द हुने

फाइल तस्बिर


नेपालखबर
असोज २८, २०८१ सोमबार १४:१५, चितवन

मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ। मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो। 

मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। 

केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ। यसअघि  विजया दशमीको दिन असोज २६ गते र  एकादशीको दिन २७ गते दुई दिन पनि  केबलकार बन्द थियो । आज एक दिन भने केबलकार सञ्चालन गरिएको छ। 

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि  विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो। 

केबलकारको  प्रवेशद्वार ‘बटम स्टेशन’ भने चितवनको  इच्छकामना गाउँपालिका ४ चेरेसमा छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad