समाज


खानेपानीमन्त्री यादवले गरे वीरगन्जमा बाढी प्रभावित क्षेत्रको निरीक्षण

खानेपानीमन्त्री यादवले गरे वीरगन्जमा बाढी प्रभावित क्षेत्रको निरीक्षण

नेपालखबर
असोज २७, २०८१ आइतबार १०:१८, वीरगन्ज

खानेपानीमन्त्री प्रदीप यादवले वीरगन्ज महानगरपालिका–३१ मा रहेको भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।

यही असोज ११ र १२ गते परेको अविरल वर्षासँगैको बाढीले खोला तटीय क्षेत्रका टोल र खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको थियो। 

प्रभावित क्षेत्रमा पुगेर आज उनले निरीक्षण गरेका हुन्। भेडाहा खोलाको अनियन्त्रित बहावले विशेषगरी इस्लामपुर र आसपासका बस्तीमा खेतीयोग्य जमिन कटान गर्दै ठूलो क्षति पुर्‍याएको छ।

निरीक्षणमा पुगेका मन्त्री यादवसँग स्थानीयले वर्षौंदेखि खोलाले कटान र बाढीको जोखिम पु¥याउँदै आएकाले दीर्घकालीन समाधानका लागि तटबन्ध निर्माणका लागि आग्रह गरेका छन्।

मन्त्री यादवले समस्याका दीर्घकालीन समाधान र पीडित परिवारलाई राहत सहयोगको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। 

‘यो मेरो निर्वाचन क्षेत्रमा पर्ने भएकाले यहाँका समस्या समाधान गर्नु मेरो दायित्व नै हो। त्यसैले यहाँहरूका गुनासा र मागलाई गम्भीरताका साथ लिएर दीर्घकालीन समाधानका लागि पहल गर्छु,’ उनले भने। 

मन्त्री यादवसँगै पूर्वप्रदेशसभा सदस्य जन्नत अन्सारीलगायत पनि निरीक्षणमा पुगेका थिए। अन्सारीले यस क्षेत्रको समस्या समाधानका लागि स्थानीय निकाय र सङ्घीय सरकारबीच समन्वय आवश्यक रहेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad