ग्लोबल


एनसीपी नेता बाबा सिद्दिकीको हत्यारालाई कारबाही गर्न कंग्रेस अध्यक्षको माग

एनसीपी नेता बाबा सिद्दिकीको हत्यारालाई कारबाही गर्न कंग्रेस अध्यक्षको माग

बाबा सिद्दिकी (फाइल फोटो)


नेपालखबर
असोज २७, २०८१ आइतबार ७:३६, काठमाडौँ

भारतको कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले एनसीपी (अजित पवार समूह) का नेता तथा महाराष्ट्रका पूर्वमन्त्री बाबा सिद्दिकीको हत्याप्रति दुःख व्यक्त गरेका छन्।

उनले ‘एक्स’मार्फत सिद्दिकीको हत्यामा प्रतिक्रिया दिँदै अपराधीलाई यथाशीघ्र कडा कारबाही गर्न माग गरेका छन्।

मल्लिकार्जुन खड्गेले लेखेका छन्, ‘महाराष्ट्रका पूर्वमन्त्री श्री बाबा सिद्दिकीको दुःखद निधन शब्दभन्दा पर र स्तब्ध पार्ने खालको छ। दुःखको यस घडीमा म उहाँको परिवार, साथीभाइ र समर्थकहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु।’

खड्गेले अगाडि लेखेका छन्, ‘यस मामिलामा न्याय सुनिश्चित गरिनुपर्छ र वर्तमान महाराष्ट्र सरकारले पूर्ण र पारदर्शी अनुसन्धानको आदेश दिनुपर्छ। दोषीलाई जतिसक्दो चाँडो कारबाही गर्नुपर्छ।’

शनिबार राति मुम्बईको बान्द्रा इलाकामा रहेका बाबा सिद्दिकीमाथि कैयौँ राउन्ड गोली चलाइएको थियो। त्यसपछि गम्भीर अवस्थामा उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको थियो। तर उनको मृत्यु भयो। 

एनसीपी नेता सिद्दिकी आफ्ना छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो। महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देका अनुसार प्रहरीले यस मामिलामा दुई जनालाई पक्राउ गरेको छ। उनीहरूसँग सोधपुछ भइरहेको छ।

बाबा सिद्दिकी यस वर्ष फेब्रुअरीमा भारतीय कंग्रेस छाडेर एनसीपी (अजित पवार समूह) मा सामेल भएका थिए। उनी ४८ वर्षदेखि कंग्रेसमा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad