लेबनानको राजधानी बेरुत नजिकै रहेको यमनका हुथी लडाकुहरूले रकेट र मिसाइलले दुईवटा जहाजलाई निशाना बनाएको बताएका छन्।
बीबीसीका अनुसार हुथी लडाकुहरूले निशाना बनाएका दुई जहाजमध्ये एउटा अमेरिकी तेल ट्यांकर हो। जसको नाम ‘ओलम्पिक स्पिरिट’हो।
अमेरिकी जहाज ‘ओलम्पिक स्पिरिट’लाई निशाना बनाएपछि हुथी लडाकुहरू लाल सागरमा तैनाथ भएका थिए।
दोस्रो जहाज ‘सेन्ट जोन’लाई हिन्द महासागरमा हुथी लडाकुहरूले निशाना बनाएका हुन्।
नोभेम्बर २०२३ देखि हुथी लडाकुहरूले कुल १०० जहाजलाई निशाना बनाएका छन्। तीमध्ये दुईवटा जहाज डुबेका छन्।
गाजामा इजरायलको सैन्य अभियानको बदला लिन यो आक्रमण गरिएको हुथी लडाकुहरूले बताएका छन्।
429
Shares

प्रतिक्रिया