ग्लोबल


आरजी कर मेडिकल कलेजका वरिष्ठ चिकित्सकले दिए सामूहिक राजीनामा

आरजी कर मेडिकल कलेजका वरिष्ठ चिकित्सकले दिए सामूहिक राजीनामा

नेपालखबर
असोज २२, २०८१ मंगलबार २०:४१, काठमाडौँ

भारतको कोलकातास्थित आरजी कर मेडिकल कलेज अस्पतालमा भएको बलात्कार र हत्याको विरोधमा प्रदर्शन गरिरहेका जुनियर डाक्टरहरूको समर्थनमा अस्पतालका ५० जना वरिष्ठ चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। 

यस्तै कोलकाता मेडिकल कलेज अस्पतालका वरिष्ठ चिकित्सकहरूले पनि २४ घण्टाभित्र जुनियर डाक्टरहरूको माग पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्।

मंगलबार राज्यका स्वास्थ्य शिक्षा निर्देशकलाई पत्र पठाउँदै आरजी करका वरिष्ठ चिकित्सकहरूले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार पत्रमा उनीहरूले आन्दोलनकारीका माग पूरा गर्न ठोस पहल गर्न सरकारसँग माग गरेका छन्।

एक वरिष्ठ डाक्टरले भने, ‘आमरण अनशन कुनै पनि आन्दोलनको अन्तिम हतियार हो। जुनियर डाक्टरहरूले आमरण अनशन गरे पनि सरकारले कुनै सकारात्मक पहल गरेन। अहिलेका लागि हामीले सामूहिक राजीनामा दिएका छौं। यसपछि व्यक्तिगत रूपमा पनि राजीनामा दिनेछौँ।’

आफ्ना १० बुँदे मागको समर्थनमा धर्मतल्ला क्षेत्रमा शनिबार साँझदेखि सात जना जुनियर चिकित्सक आमरण अनशनमा छन्।

वरिष्ठ चिकित्सकको सामूहिक राजीनामाका कारण दुर्गा पूजाको समयमा स्वास्थ्य सेवा अवरुद्ध हुने सम्भावना छ।

प्रदेशका मुख्यसचिव मनोज पन्तले सोमबार जुनियर चिकित्सकलाई अनशन तोड्न आग्रह गर्दै अक्टोबर १० तारिखसम्म सबै मेडिकल कलेजका ९० प्रतिशत माग पूरा गर्ने आश्वासन दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad