ad ad

ग्लोबल


भारतको नयाँ वायुसेना प्रमुख बन्दै एयर मार्सल अमरप्रित सिंह

भारतको नयाँ वायुसेना प्रमुख बन्दै एयर मार्सल अमरप्रित सिंह

भारतीय वायुसेनाका आगामी प्रमुख एयर मार्सल अमरप्रित सिंह


नेपालखबर
असोज ५, २०८१ शनिबार २०:२६, काठमाडौँ

भारतीय वायुसेनाको आगामी प्रमुख एयर मार्सल अमरप्रित सिंह हुनेछन्। उनले यही सेप्टेम्बर ३० मा पदभार ग्रहण गर्नेछन्।

रक्षा मन्त्रालयका अनुसार अमरप्रित सिंहले एयर चिफ मार्सल विवेक राम चौधरीको स्थान लिनेछन्।

रक्षा मन्त्रालयले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गरेअनुसार अमरप्रित सिंहसँग ५ हजार घण्टाभन्दा बढी उडानको अनुभव छ।

को हुन् अमरप्रित सिंह?

अमरप्रित सिंह डिसेम्बर १९८४ मा भारतीय वायुसेनाको फाइटर पायलट स्ट्रिममा कमिसन भएका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार २७ अक्टोबर १९६४ मा जन्मेका उनी एक योग्य उडान प्रशिक्षक हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .