ad ad

ग्लोबल


भाजपाको आरोप- राहुल गान्धीले अमेरिकामा भारतविरोधी सांसदलाई भेटे

भाजपाको आरोप- राहुल गान्धीले अमेरिकामा भारतविरोधी सांसदलाई भेटे

राहुल गान्धीले मंगलबार वासिङ्टनमा अमेरिकी सांसदहरूसँग भेट गरेका थिए।


नेपालखबर
भदौ २६, २०८१ बुधबार १९:३६, काठमाडौँ

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले लोकसभामा विपक्षी दलका नेता तथा कंग्रेस नेता राहुल गान्धीले अमेरिका भ्रमणका क्रममा भारतवरोधी अमेरिकी सांसदसँग भेट गरेको आरोप लगाएको छ।

बीबीसी हिन्दीका अनुसार भाजपा सांसद सुधांशु त्रिवेदीले राहुल गान्धीले भारतविरोधी अमेरिकी सांसद इल्हान ओमारसँग भेट गरेको आरोप लगाएका हुन्। 

पत्रकार सम्मेलनमा त्रिवेदीले भने, ‘राहुल गान्धीले भारतविरोधी अमेरिकी सांसद इल्हान ओमरसँग भेट गरेका छन्। उनी ती अमेरिकी सांसदमध्ये एक हुन्, जसलाई पाकिस्तान सरकारले पीओके भ्रमण गर्न आमन्त्रण गरेको थियो।’

उनले थपे, ‘इल्हानले मुस्लिम ब्रदरहुड र आईएसआईप्रति सहानुभूतिपूर्ण बयान दिएका छन्। राहुल गान्धी पहिलो विपक्षी नेता हुन् जसको नाम संयुक्त राष्ट्र संघमा पाकिस्तानले आफ्नो भारत विरोधी बयानमा लियो।’

इल्हान उमर र पन्नुले गान्धीको प्रशंसा गरिरहेको त्रिवेदीले बताए। 

उनले भने, ‘अर्का व्यक्ति मसफिकुल फजलले ह्वाइट हाउसको पत्रकार सम्मेलनमा अरविन्द केजरीवालको गिरफ्तारीबारे प्रश्न गरेका थिए। उनले राहुल गान्धीसँग सेल्फी खिचे।’

लोकसभामा विपक्षी दलका नेता राहुल गान्धी अहिले अमेरिका भ्रमणमा छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .