ad ad

ग्लोबल


सिंगापुर पुगे मोदी, प्रधानमन्त्री वोङसँग गरे डिनर

सिंगापुर पुगे मोदी, प्रधानमन्त्री वोङसँग गरे डिनर

सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङसँग नरेन्द्र मोदी


नेपालखबर
भदौ १९, २०८१ बुधबार २२:४९, काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार सिंगापुर पुगेका छन्। यसअघि मंगलबार उनले ब्रुनाईको भ्रमण गरेका थिए।

सिंगापुर पुगेपछि प्रधानमन्त्री मोदीले सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङसँग रात्रिभोज गरे। 

सो अवसरको तस्बिर सेयर गर्दै सिंगापुरका प्रधानमन्त्री वोशङले इन्स्टाग्राममा लेखेका छन्- प्रधानमन्त्री मोदीलाई सिंगापुरमा स्वागत छ। भोलिको औपचारिक बैठकअघि इस्तानामा सँगै खाना खाने अवसर पाएकामा खुसी छु।

मोदीले भने- मेरा मित्र प्रधानमन्त्री लरेन्स वोङसँग भेट्न पाउँदा खुसी लाग्यो। धेरै विषयमा राम्रो छलफल भयो। भारत सिंगापुरसँगको मित्रतालाई महत्त्व दिन्छ।

सिंगापुर पुगेपछि भारतीय प्रवासीहरूले प्रधानमन्त्री मोदीलाई होटलमा न्यानो स्वागत गरेका थिए। प्रधानमन्त्री मोदीले आफ्नो इन्स्टाग्राममा भिडिओ पोस्ट गर्दै भनेका छन्-  धन्यवाद सिंगापुर। स्वागत साँच्चै निकै जोडदार थियो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार प्रधानमन्त्री मोदीले सिंगापुरका प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट गर्ने जानकारी दिएका छन्। त्यसपछि प्रधानमन्त्री मोदीले सिंगापुरका प्रधानमन्त्रीसँग सेमीकन्डक्टर सुविधाको भ्रमण गर्नेछन्।

उनले भनेका छन्, ‘प्रधानमन्त्री मोदीले व्यापार सम्बन्धी बैठक पनि गर्ने छन्। जहाँ सिंगापुरका कम्पनीका सीईओहरूसँग व्यापारबारे छलफल हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .