ad ad

समाज


पहिरो हटाएपछि सञ्चालनमा आयो कान्ति लोकपथ

पहिरो हटाएपछि सञ्चालनमा आयो कान्ति लोकपथ

फाइल तस्बिर


नेपालखबर
भदौ २०, २०८१ बिहिबार १३:४९, मकवानपुर

वर्षासँगै पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा-काठमाडाैँ जोड्ने कान्ति लोकपथ सञ्चालनमा आएको छ। मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको थियो। 

उक्त स्थानमा खसेको पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। 

हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल, सिस्नेरी सडकखण्ड, पूर्वपश्चिम राजमार्ग सबैतिरको बाटोमा यातायात सञ्चालन भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .