ad ad

ग्लोबल


इजरायलमा प्रधानमन्त्री नेतान्याहुविरुद्ध प्रदर्शन

इजरायलमा प्रधानमन्त्री नेतान्याहुविरुद्ध प्रदर्शन

टायर बालेर सरकारविरुद्ध प्रदर्शन गर्दै इजरायली।


नेपालखबर
भदौ १७, २०८१ सोमबार ७:४०, काठमाडौँ

इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सरकारविरुद्ध प्रदर्शन भइरहेको छ। हजारौँ मानिस सडकमा उत्रिएका छन्।

गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि प्रदर्शन सुरु भएको हो।

प्रधानमन्त्री बिन्यामिन नेतन्याहुको सरकारले बन्धकहरूलाई रिहा गर्न हमाससँग सम्झौता गर्नुपर्छ भन्ने इजरायली नागरिककको माग छ।

तेल अभिभ, जेरुसेलम र अन्य धेरै सहरमा इजरायली झण्डा बोकेर प्रदर्शनकारीहरू सडकमा निस्किएका छन्।

प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्न खासै पहल नगरेको उनीहरूको आरोप छ।

गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा सयौँ मानिसलाई बन्धक बनाएको थियो।

आइतबार शान्तिपूर्ण रूपमा आन्दोलन सुरु भएको हो। तर भीडले पछि प्रहरी अवरोध तोड्यो र तेल अभिभका प्रमुख राजमार्ग अवरुद्ध गर्‍यो। आन्दोलनकारीले टायर पनि जलाए।

इजरायलको ट्रेड युनियनले सोमबार (आज) का लागि देशव्यापी हडतालको घोषणा गरेको छ। बन्धकहरूको रिहाइका लागि सरकारले जतिसक्दो चाँडो हमाससँग सम्झौता गर्नुपर्ने उसको माग छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार दक्षिणी गाजाको रफाहमा रहेको सुरुङमा ६ वटा शव फेला पारेको बताएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .