ad ad

ग्लोबल


इजरायलमा आज हडताल

इजरायलमा आज हडताल

इजरायलमा बन्धकहरूको रिहाइको माग गरी आइतबार गरिएको प्रदर्शन


नेपालखबर
भदौ १७, २०८१ सोमबार ७:१३, जेरुसेलम

इजरायलको शक्तिशाली हिस्टाड्रट ट्रेड युनियनका प्रमुखले गाजा बन्धकहरूको समर्थनमा सोमबारका लागि ‘पूर्ण हडताल’को आदेश दिएका छन्। उनले ६ बन्धकको शव फेला परेपछि उनीहरूको रिहाइ सुरक्षित गर्न सम्झौता गर्न आग्रह गरे। 

‘हामीले बन्धकहरूलाई परित्याग गर्न रोक्नुपर्छ, म हाम्रो हस्तक्षेपले मात्र हल्लाउनु पर्नेहरूलाई हल्लाउन सक्छ भन्ने निष्कर्षमा पुगेको छु’, हिस्टाड्रटका अध्यक्ष अर्नोन बार डेभिडले आइतबार विज्ञप्ति जारी गर्दै भने, ‘सोमबार बिहान ६ बजेदेखि सम्पूर्ण इजरायली अर्थतन्त्र पूर्ण हडतालमा जानेछ।’

हडतालको हिस्साका रूपमा ‘बेन गुरियन विमानस्थलमा सबै प्रस्थान र अवतरण स्थानीय समयानुसार बिहान ८ बजेदेखि बन्द हुने’ उनले बताए। 

‘हामी सम्झौतामा पुग्न आवश्यक छ, यस्तो सम्झौता जुन कुनै पनि अन्य चिजभन्दा धेरै महत्त्वपूर्ण छ’, उनले भने, ‘राजनीतिक कारणहरूले कुनै पनि सम्झौता अगाडि बढ्न सकिरहेका छैनन् र यो अस्वीकार्य छ।’

यसअघि आइतबार इजरायली सेनाले एक सुरुङमा ६ बन्धकको शव फेला पारेको बताएको थियो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .