ad ad

ग्लोबल


मलेसियामा ढलमा खसेर भारतीय महिला बेपत्ता, खोजी जारी

मलेसियामा ढलमा खसेर भारतीय महिला बेपत्ता, खोजी जारी

नेपालखबर
भदौ १५, २०८१ शनिबार १२:५४, काठमाडौँ

मलेसियाको क्वालालम्पुरमा ढलमा खसेर बेपत्ता भएकी भारतीय महिलाको खोजी आठौँ दिन पनि असफल भएको छ।

क्वालालम्पुरमा फुटपाथमा बनाइएको ढलमा खसेर भारतीय महिला ४८ वर्षीया विजया लक्ष्मी बेपत्ता छिन्। 

अधिकारीहरूले खाडलमा गोताखोरहरूलाई खोजी गर्न पठाउँदा खतरा रहेको बताएका छन्। उनको खोजीमा करिब ११० जना उद्धारकर्मी दिनरात खटिरहेका छन्।

तर, खोजीको १७ घण्टा बितिसक्दा पनि उद्धारकर्मीले उनका चप्पलबाहेक केही फेला पार्न सकेका छैनन्।

शुक्रबार ढलमा पठाइएका दुई उद्धारकर्मीले पानी र फोहोरको बलियो धारको सामना गर्नुपरेको उद्धार विभागले जनाएको छ। जसका कारण खोजी असफल भएको हो।

उद्धार विभागका महानिर्देशक ढलभित्र फसेको फोहोर हटाउन लगभग असम्भव वा धेरै गाह्रो भएको बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .