ad ad

ग्लोबल


केदारनाथबाट एयरलिफ्ट गरिएको हेलिकप्टर खसाइयो (भिडिओ)

केदारनाथबाट एयरलिफ्ट गरिएको हेलिकप्टर खसाइयो (भिडिओ)

हेलिकप्टर एयरलिफ्ट गरिएको दृश्य


नेपालखबर
भदौ १५, २०८१ शनिबार १३:२९, काठमाडौँ

भारतको केदारनाथदेखि गौचर बीचको भिमबालीनजिक शनिबार हेलिकप्टर दुर्घटना भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार केस्ट्रेल एभिएसनको यो हेलिकप्टर मर्मतका लागि वायुसेना एमआई-१७ को विमानद्वारा एयरलिफ्ट गरिएको (उडाइएको) थियो। 

तर हावा र हेलिकप्टरको तौलका कारण एमआई-१७ विमानको सन्तुलन बिग्रियो।

त्यसपछि पाइलटले थारु क्याम्प उपत्यकाको खाली ठाउँमा हेलिकप्टर खसालेको जिल्ला पर्यटन अधिकृत राहुल चौबेले बताए।  

हेलिकप्टरमा मानिस तथा सामान नभएकाले मानवीय वा अन्य धनमाल क्षति हुन पाएन। 

खसालिएको उक्त हेलिकप्टर मे २४ मा केदारनाथमा आपतकालीन अवतरण गराइएको थियो। त्यसयता त्यो हेलिप्याडमै राखिएको थियो।

मर्मतका लागि सो हेलिकप्टरलाई आज बिहान विमानद्वारा गौचर एयरबेसमा लगिँदै थियो।  

हेर्नुहोस् भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .