ad ad

ग्लोबल


बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक ल्याउने पश्चिम बंगालकी मृख्यमन्त्री ममताको घोषणा

बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक ल्याउने पश्चिम बंगालकी मृख्यमन्त्री ममताको घोषणा

पश्चिम बंगलाकी मुख्यमन्त्री ममता बनर्जी


नेपालखबर
भदौ १२, २०८१ बुधबार १८:३७, काठमाडौँ

भारत पश्चिम बंगाल राज्यको कोलकातास्थित आरजी कर मेडिकल कलेजमा महिला डाक्टरको बलात्कार तथा हत्याविरुद्ध जारी प्रदर्शनका बीच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफ्नो सरकारले बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक ल्याउने बताएकी छन्। 

आगामी साता संसद्‌ बैठक बोलाएर बलात्कारीलाई मृत्युदण्डको सजाय दिने गरी १०  दिनभित्र विधेयक पारित गरिने उनको भनाइ छ। 

मुख्यमन्त्री बनर्जीले भनिन्, ‘यसपछि हामी यो विधेयक गभर्नरलाई पठाउनेछौँ। यदि उउनले विधेयक स्वीकृत गरेनन् भने हामी राजभवनबाहिर आन्दोलन गर्नेछौँ। यो विधेयक पारित गर्नुपर्छ र यसपटक उनले आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन।’

कोलकातास्थित आरजी कर मेडिकल कलेज अस्पतालमा पोस्ट ग्र्याजुयट गरिरहेकी प्रशिक्षार्थी डाक्टर अगस्ट ९ मा अस्पतालकै सेमिनार हलमा मृत भेटिएकी थिइन्।

उनको बलात्कारपछि हत्या गरिएको आशंकामा अनुसन्धान जारी छ।

त्यस बेलादेखि कोलकातासहित भारतका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ।

मंगलबार पनि विद्यार्थीले राज्य सचिवालय अर्थात् ‘नबन्ना भवन’सम्म विरोध जुलुस निकालेका थिए। सो क्रममा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .