ad ad

ग्लोबल


इन्डोनेसियामा प्रहरी र प्रदर्शनकारीबीच झडप, राजनीतिक संकट आउन सक्ने चेतावनी

इन्डोनेसियामा प्रहरी र प्रदर्शनकारीबीच झडप, राजनीतिक संकट आउन सक्ने चेतावनी

नेपालखबर
भदौ ६, २०८१ बिहिबार २०:५६, काठमाडौँ

इन्डोनेसियाको राजधानी जकार्तामा सरकारले संवैधानिक अदालतको फैसला उल्टाउने प्रयासको विरोधमा हजारौँ मानिसले प्रदर्शन गरेपछि ठाउँठाउँमा प्रहरीसँग झडप भएका छन्। 

विरोधका क्रममा संसद्‌बाहिर अराजकता भएको थियो। केही प्रदर्शनकारीले गेट तोड्न खोजेका थिए भने केहीले शान्तिको अपिल गरिरहेका थिए।

जकार्ताका साथै पडाङ, बान्डुङ र योगकर्ताजस्ता अन्य प्रमुख सहरमा पनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको बीबीसीले जनाएको छ। 

पर्यवेक्षकहरूले राष्ट्रपतिका समर्थकको वर्चस्व रहेको इन्डोनेसियाको संसद् र देशको संवैधानिक अदालतबीचको शक्ति संघर्षले राजनीतिक संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्। 

बुधवार इन्डोनेसियाको सर्वोच्च अदालतले पार्टीहरूलाई चुनावमा उम्मेदवार खडा गर्न क्षेत्रीय विधानसभामा न्यूनतम २० प्रतिशत प्रतिनिधित्व आवश्यक नपर्ने निर्णय गरेको थियो। 

तर यो निर्णय २४ घण्टाभित्र उल्टाउन संसद्‌ले आपत्‌कालीन प्रस्ताव पेस गरेको थियो।

तर, संसद्‌मा पर्याप्त सांसद नहुँदा बिहीबारको मतदान स्थगन भएको थियो।

यो प्रस्ताव पारित भएमा निवर्तमान राष्ट्रपति जोको ‘जोकोवी’ विडोडो र उनका उत्तराधिकारी प्राबोवो सुब्यान्टोलाई सहज हुनेछ।

जसका कारण धेरै स्थानीय तहको निर्वाचन निर्विरोध हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .