ad ad

ग्लोबल


भारतको झारखण्डमा बेपत्ता विमान पानीमा खसेको आशंका, खोजी जारी

भारतको झारखण्डमा बेपत्ता विमान पानीमा खसेको आशंका, खोजी जारी

नेपालखबर
भदौ ५, २०८१ बुधबार २१:२९, नयाँदिल्ली

पूर्वी भारतको झारखण्ड राज्यका अधिकारीहरूले बुधबार दुई पाइलटसहित हराइरहेको एउटा प्रशिक्षार्थी विमान पत्ता लगाउन राष्ट्रिय प्रकोप प्रतिक्रिया बलसँग मद्दत मागेको बताएका छन्।

भारतको जमशेदपुरको सोनारी विमानस्थलबाट उडेको विमान मङ्गलबार बेपत्ता भएको थियो।

अधिकारीहरुका अनुसार विमान अन्तिमपटक झारखण्डको राजधानी सहर राँचीबाट एक सय १६ किलोमिटर दक्षिणपूर्वमा सराइकेला खरसावन जिल्लाको निमदिह नजिकै गएको थियो।

स्थानीय सञ्चारमाध्यमले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विमान केही दूरीमा पानीमा खसेको बताएको छ। प्रहरीले चण्डिल बाँधमा विमान दुर्घटना भएको हुनसक्ने आशङ्का गरेको छ।

दुई सिटको उक्त विमान ससेना १५२ रहेको र फ्लाइङ स्कुल अफ अल्केमिस्ट एभिएसन कम्पनीको स्वामित्वमा रहेको बताइएको छ। विमानमा एक पाइलट र एक प्रशिक्षक थिए। विमानको ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भएपछि तत्काल अलार्म बजेको थियो। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .