ad ad

ग्लोबल


अफ्रिकाबाहिर पनि देखियो एमपक्स संक्रमण

अफ्रिकाबाहिर पनि देखियो एमपक्स संक्रमण

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार ९:२८, काठमाडौँ

अफ्रिका बाहिर पहिलोपटक एमपक्स (पहिलेको नाम मंकीपक्स) संक्रमण पुष्टि भएको छ। 

स्विडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले संक्रमित व्यक्तिलाई अफ्रिकामा बस्दा एमपोक्स भएको जनाएको छ।

अफ्रिकाका केही भागमा एमपोक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सार्वजनिक स्वास्थ्य आपत्‌काल घोषणा गरेको छ। 

स्विडेनको पब्लिक हेल्थ एजेन्सीका कार्यवाहक प्रमुख ओलिभिया विग्जेलका अनुसार संक्रमित व्यक्तिले स्टकहोममा उपचार गराउन आग्रह गरेका थिए ताकि अन्य व्यक्तिमा संक्रमण सर्न नपाओस्। 

डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर पनि यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका थिए।

एमपक्स एक संक्रामक रोग हो, जसलाई पहिले मंकीपक्सका भनेर पनि भनिन्थ्यो। अफ्रिकी मुलुक कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .