ग्लोबल


बिहारको मन्दिरमा मध्यराति भागदौड मच्चिँदा ७ जनाको मृत्यु

बिहारको मन्दिरमा मध्यराति भागदौड मच्चिँदा ७ जनाको मृत्यु

नेपालखबर
साउन २८, २०८१ सोमबार ८:५७, काठमाडौँ

भारतीय राज्य बिहारको जेहानाबाद जिल्लामा रहेको बाबा सिद्धेश्वर नाथ मन्दिरमा मध्यराति भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ। 

बीबीसी हिन्दीका अनुसार भागदौडमा १० जनाभन्दा बढी घाइते पनि भएका छन्। 

घटना आइतबार राति १२ देखि साढे १२ बजेको बीचमा भएको हो।

जेहानाबादका एसएचओ दिवाकर कुमार विश्वकर्माले भने, ‘डीएम र एसपी घटनास्थलमा पुगेका छन् र स्थितिबारे जानकारी लिइरहेका छन्। कूल ७ जनाको मृत्यु भएको छ।’

उनले भने, ‘हामी उनीहरुका (मृतक र घाइते) परिवारलाई भेटेर जानकारी लिइरहेका छौँ। मृतकको सनाखत गर्ने प्रयास भइरहेको छ। त्यसपछि शव पोस्टमार्टमका लागि पठाउनेछौँ।’

घाइतेहरूको जेहानाबाद सदर र मखदुमपुर सदर अस्पतालमा उपचार भइरहेको छ।

घटना मखदुमपुर प्रहरी चौकी क्षेत्रमा भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad