बंगलादेशी सेनाप्रमुख जर्नेल वकर उज जमानले बिहीबार अन्तरिम सकारले शपथ लिने सम्भावना रहेको बताएका छन्। उनले बुधबार दिउँसो टेलिभिजन सम्बोधन गर्दै यस्तो बताएका हुन्।
अन्तरिम सरकार १५ सदस्यीय हुने पनि उनले बताए।
नोबेल विजेता मुहम्मद युनुसको नेतृत्वमा सरकार बन्ने सहमति भइसकेको छ। हाल पेरिसमा रहेका युनुस बिहीबार दिउँसो ढाका उत्रिँदै छन्।
आन्दोलनकारी विद्यार्थीहरुले युनुसको नेतृत्वमा अन्तरिम सरकार बन्नुपर्ने माग राखेका थिए।
उनीहरुको मागमा मंगलबार साँझ राष्ट्रपति मोहम्मद शाहबुद्दिन सहमत भएका थिए।
युनुसले पनि विद्यार्थीहरुको माग अनुसार आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन्।
उनले सबै पक्षलाई हिंसाबाट टाढा रहन अपिल गरेका छन्। एजेन्सी
525
Shares

प्रतिक्रिया