ad ad

ग्लोबल


हमास नेता हानियाको शव यात्रामा हजारौँ मानिसको सहभागिता

दाहसंस्कार कतारमा गरिने
हमास नेता हानियाको शव यात्रामा हजारौँ मानिसको सहभागिता

हमास नेता हानियाकोको शवयात्रामा हजारौँको सहभागिता


नेपालखबर
साउन १७, २०८१ बिहिबार १८:५५, काठमाडौँ

इरानमा बिहीबार हमासका शीर्ष नेता इस्माइल हानियाको शव यात्रामा हजारौँ मानिस सहभागी भएका छन्।

हानिया बुधबार तेहरानमा भएको आक्रमणमा मारिएका थिए। 

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले हमास नेताका लागि प्रार्थना गरेका छन्।

हानियाको शवलाई कतारमा दाहसंस्कार गरिने भएको छ।

हानियाको हत्या भएपछि खामेनीले भनेका थिए, ‘हमास नेताको मृत्युको बदला लिनु इरानको कर्तव्य हो।’

अमेरिकी सञ्चारमाध्यमलाई उद्धृत गर्दै खामेनीले इजरायलविरुद्ध प्रत्यक्ष हमला गर्न आदेश पनि दिएको बताइएको छ।

तेहरानमा भएको आक्रमणको इरानले इजरायललाई जिम्मेवार ठहर गरेको छ। तर इजरायलले अहिलेसम्म यस हमलाको प्रत्यक्ष जिम्मेवारी लिएको छैन।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो देशले हालका दिनहरूमा आफ्ना शत्रुहरूलाई कडा प्रहार गरेको बताएका छन्। जसमा तेहरान आक्रमणको केही घण्टाअघि लेबनानमा एक वरिष्ठ हिजबुल्लाह कमान्डर मारिएको घटना पनि पर्छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .