इरानमा हमासका प्रमुख नेता इस्माइल हनियाको हत्यासँगै मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अनुमान गरिएको छ।
बुधबार इजरायलले लेबनानको राजधानी बेरुतमा हिजबुल्लाह कमान्डर फाउद शुक्रलाई मारेको दाबी पनि गरेको छ।
यसैबीच लेबनानस्थित भारतीय दूतावासले अति आवश्यक अवस्थाबाहेक लेबनान यात्रा नगर्न भारतीयहरूलाई आग्रह गरेको छ।
भारतीय दूतावासले एडभाइजरी (सल्लाह) जारी गर्दै लेबनानमा रहेका भारतीयहरूलाई सावधानी अपनाउन, अनावश्यक आवतजावत नगर्न र आफूसँग सम्पर्कमा रहन सल्लाह दिएको छ।
भारतीय दूतावासले आपत्कालीन नम्बर पनि जारी गरेको छ।
— India in Lebanon (@IndiaInLebanon) July 31, 2024Advisory for Indian Nationals. pic.twitter.com/baGPhNpKip
867
Shares

प्रतिक्रिया