ad ad

ग्लोबल


हनियाको हत्यापछि हमासमा बहस: अब उनको स्थानमा को?

इरान समर्थित चरमपन्थीका लागि बाटो खुल्ने खतरा
हनियाको हत्यापछि हमासमा बहस: अब उनको स्थानमा को?

फाइल तस्बिर : इस्माइल हनिया


नेपालखबर
साउन १७, २०८१ बिहिबार ७:९, काठमाडौँ

हमासका प्रमुख नेता इस्माइल हनियाको हत्यापछि अब उनको स्थान कसले लिने भन्ने बहस सुरु भएको छ।

तर, हमासको नयाँ प्रमुखको चयन निकै चुनौतीपूर्ण हुनसक्छ र यो चाँडै पूरा हुन नसक्ने प्रक्रिया हो।

हमासको नयाँ प्रमुखको चुनावमा इरान समर्थित चरमपन्थी संगठनका लागि बाटो खुल्ने खतरा पनि छ।

हाल, योहिया सिनवार हानियाको स्थानमा सबैभन्दा प्रमुख उम्मेदवारका रूपमा देखा परेका छन्। सिनवार हाल गाजापट्टीमा हमासको प्रमुख छन्।

उनलाई अक्टोबर ७, २०२३ मा इजरायलमा हमासको आक्रमणको मास्टरमाइन्ड पनि मानिन्छ।

योहिया सिनवारका अलावा खालिद मेसाल र जाहिर जबरिन पनि उम्मेदवारका रूपमा देखिएका छन्।

मेसाललाई कम चरमपन्थी मानिन्छ र उनले हानियाअघि धेरै वर्षसम्म हमासको नेतृत्व पनि गरेका थिए। तर, उनको इरानसँगको सम्बन्ध त्यति राम्रो थिएन।

जहिर जबरिनले इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको मुद्दा हेरिरहेका छन्।

यसबाहेक प्यालेस्टाइन र इजरायलबीच कैदी आदानप्रदानका लागि भइरहेको वार्तामा पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

तीनै जना उम्मेदवार हानियाको उपप्रमुखका रूपमा काम गरिरहेका थिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .