ad ad

ग्लोबल


जापानमा उष्ण लहरको चेतावनी

जापानमा उष्ण लहरको चेतावनी

फाइल फाेटाे


नेपालखबर
साउन १५, २०८१ मंगलबार ७:७, काठमाडौँ

जापानका ४७ प्रिफेक्चरमध्ये ३८ वटामा सोमबारको तीव्र उष्ण लहरले केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्नसक्ने भएकाले उष्ण लहरको चेतावनी जारी गरिएको छ। 

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले उच्च चापीय प्रणालीले मुख्यतया पूर्वी र पश्चिमी जापानमा घाम लाग्ने र चिसो मौसम ल्याउन जारी राखेकाले कुमागाया, कोफु र हमामात्सु सहरहरूमा तापक्रम ४० डिग्री सेल्सियस पुग्ने सम्भावना रहेको बताएको छ। 

जेएमएका अनुसार साइतामा, माइबासी, क्योटो र ओकायामा सहरमा दिनको उच्च तापक्रम ३९ डिग्री र मध्य टोकियो, उत्सुनोमिया, ओत्सु र कोची सहरहरूमा ३८ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। 

मौसम अधिकारीहरूले सर्वसाधारणलाई एयर कन्डिसनरहरू प्रयोग गर्न नहिच्किचाउन र बारम्बार तरल पदार्थ र नुन लिन, अनावश्यक रूपमा बाहिर निस्कन र व्यायाम नगर्न आग्रह गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .