ad ad

समाज


आमा-बुवा र छोरी सवार मोटरसाइकल भिरबाट खस्दा ११ वर्षीया बालिकाको मृत्यु

आमा-बुवा र छोरी सवार मोटरसाइकल भिरबाट खस्दा ११ वर्षीया बालिकाको मृत्यु

नेपालखबर
साउन १५, २०८१ मंगलबार ७:३४, मोरङ

मोरङमा एकै परिवारका तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा ११ वर्षीया एक बालिकाको मृत्यु भएको छ।  

मिक्लाजुङ गाउँपालिकास्थित रमितेडाँडा घुमेर फर्किने व्रmममा सोमबार साँझ बा.२७ प. १८३५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बेलबारी–१ की ११ वर्षीय सुस्मिना धिमालको मृत्यु भएको हो। 

दुर्घटनामा बालिकाका बुवा ३७ वर्षीय सुनिलकुमार धिमाल र आमा ३५ वर्षीया चन्द्रमाया धिताल घाइते भएका छन्। मोटरसाइकल सुनिलकुमारले चलाएका थिए। 

मिक्लाजुङ गाउँपालिका–१, झन्डेडाँडाको घुमाउरो सडकबाट मोटरसाइकल अनियन्त्रित भई ७० फिट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

बालिकाका आमाबुवाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .