ad ad

ग्लोबल


बंगलादेशमा विद्यार्थी प्रदर्शन : थप ११ को मृत्यु, सरकारी टीभीको मुख्यालयमा आगजनी

बंगलादेशमा विद्यार्थी प्रदर्शन : थप ११ को मृत्यु, सरकारी टीभीको मुख्यालयमा आगजनी

नेपालखबर
साउन ३, २०८१ बिहिबार १९:४५,

बंगलादेशमा भएको विद्यार्थी प्रदर्शनका क्रममा बिहीबार ११ जनाको ज्यान गएको छ। विद्यार्थीहरुले आह्वान गरेको बन्दका क्रममा प्रहरीसँगको झडपमा अरु सयौँ घाइते भएको बताइएको छ। 

सरकारले मृतक र घाइतेको संख्या सार्वजनिक गरिसकेको छैन।

ढाका युनिभर्सिटीनजिक प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। मृतक एक बसचालकलाई गोली लागेको बताइएको छ।

विद्यार्थीहरुले सरकारी टेलिभिजनको मुख्यालयमा आगो लगाएको जानकारी सो टेलिभिजनले दिएको छ।

जुलाई १ मा आरक्षणविरोधी प्रदर्शन सुरु भएयता कम्तीमा १२ जनाको ज्यान गएको छ।

गत महिना उच्च अदालतले निजामती सेवाको एक तिहाइ हिस्सा १९७१ मा बंगलादेश स्वतन्त्रता संग्राममा सहभागीहरुको सन्तानलाई छुट्याउने व्यवस्था पुन लागू गर्न आदेश दिएको थियो।

त्यसको विरोधमा विद्यार्थीहरुले प्रदर्शन सुरु गरेका हुन्।

सरकारले आफूहरू वार्ताका लागि तयार भएको बताएको छ। तर, कतिपयले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्न थालेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .