ad ad

ग्लोबल


चीनको सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु

चीनको सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु

नेपालखबर
साउन ३, २०८१ बिहिबार १०:९, काठमाडौँ

चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ।

सरकारी मिडियाका अनुसार आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ सहरमा बुधबार साँझ भएको हो। 

आगलागीमा परेका ३० जनाको उद्धार गरिएको जनाइएको छ। 

प्रस्ट कारण खुल्न नसके पनि प्रारम्भिक अनुसन्धानका अनुसार भवनमा निर्माणाधीन कामका कारण आगलागी भएको हो।

चीनको सरकारी मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा यस भवनको चारैतिर कालो धुवाँ देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .